Loktantra Khabar National Weekly
Ad

किसान आन्दोलनका सामग्री पोष्ट गर्ने १०० बढी एक्स अकाउन्ट भारतमा ब्लक

लोकतन्त्र खबर
१० फाल्गुन २०८०

काठमाडौं फागुन १० , भारत सरकारले किसान आन्दोलनका फोटो र भिडियो शेयर गर्ने अकाउन्ट बन्द गर्न सामाजिक सन्जाल एक्सलाई आदेश दिएको छ ।

भारत सरकारले कानुनी व्यवस्थाको विरुद्ध रहेको भन्दै किसान आन्दोलनका सामग्री पोष्ट गर्ने अकाउन्टलाई ब्लक गर्न भनेको हो ।

भारतको सूचना प्रविधि मन्त्रालयले १७७ अकाउन्टलाई अस्थायी रुपमा ब्लक गर्न एक्सलाई भनेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

भारत सरकारले बन्द गर्नुपर्ने भनेर उपलब्ध गराएका अकाउन्टहरुलाई भारतमा मात्र बन्द गरिएको सामाजिक सन्जाल एक्सले जनाएको छ । त्यसको जानकारी सम्बन्धित प्रयोगकर्तालाई दिइसकेको एक्सले जनाएको छ ।

एक्सको विश्व मामिला हेर्ने ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले आफ्नो अकाउन्टमार्फत् सूचना जारी गरी उक्त जानकारी दिएको हो । ‘भारत सरकारले एक्सका केही अकाउन्ट र पोष्ट ब्लक गर्न भनेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका कारण त्यो आदेश हामीले मानेका छैनौं । भारत सरकारको निर्देशन अनुसार त्यस्ता अकाउन्टलाई केवल भारतमा मात्र ब्लक गरेका छौं,’ एक्सको ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले लेखेको छ ।

एक्सले गोपनीयताको कारण भारत सरकारले दिएको आदेश सार्वजनिक गर्न नसक्ने जनाएको छ । यद्यपि पारदर्शिताका कारण त्यसलाई सार्वजनिक गर्दा उचित हुने उसको भनाइ छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: