Loktantra Khabar National Weekly
Ad

चंखेली गाउँपालिका पूर्व निमित्त प्रमुख प्रशासकीय शाहीविरुद्ध भ्रष्टाचार मुद्दा

लोकतन्त्र खबर
१० फाल्गुन २०८०

काठमाडौं  फागुन १० , मिमि वडा कार्यालयको फिल्ड निर्माणमा अनियमितता गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा वडा नम्बर ३ को वडा कार्यालयको फिल्ड निर्माण गरेको भनेर ११ लाख ९४ हजार ४२६ रुपैयाँ ०८ पैसा भक्तान गरिएको थियो । काम गरेभन्दा बढी तथा साइटमा नगरेको कामको झुटा विल भपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र वडा नम्बर ३ का वडाध्यक्ष सालिग्राम ऐडीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा हालेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: