मकवानपुरमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान सवा ६ बजे मकवानपुर गढी गाउँपालिका-४ ज्वालादेवीस्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा परेको हो।
धादिङबजारबाट ज्वालादेवितर्फ जाँदै गरेको ना २ ह ५२६८ नं.को अटो आफैं अनियन्त्रित भई पल्टिएको हो।
पल्टिएपछि उक्त अटोका चालक अन्दाजी ३५ वर्षीय सुमन भन्ने देवीबहादुर घिमिरेको टाउकोमा चोट लागेको थियो।
उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
शव पोष्टमर्टमको लागि त्यही अस्पतालमा राखिएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

