Loktantra Khabar National Weekly
Ad

नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

काठमाडौं  फागुन ८, नेपाल-ए ले  एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

कप्तान विनोद भण्डारी आज टोलीमा नभएपछि जोराले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।

आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ ।

विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।

नेपाल-ए को प्लेइङ ११

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: