Loktantra Khabar National Weekly
Ad

तनावग्रस्त अवस्थामा हरिपुर्वाको ११ औं नगरसभा सम्पन्न

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

बखतियार अलि
सर्लाही ०७ फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिकाले आफनो ११ औं नगरसभा आज कडा सुरक्षा र विवादका बीच सम्पन्न गरेको छ । असारमसान्तमा हुनुपर्ने नगरसभा ७ महिना सम्म नहुदा कर्मचारी र शिक्षकले ७ महिना सम्मको तलबभत्ता नपाए पछि गएको एकसाता देखि पेनडाउन गरेर धर्नामा बसेका थिए ।

आज कडा सुरक्षाबिच कुर्सी फोडेर जनप्रतिनिधीहरु बिचमा कुटाकुट र वादविवादका बिच नगरप्रमुख विनोदकुमार साहले बहुमत सदस्यको सहभागीतमा नगरसभा सम्पन्न भएको बताए पछि अवस्था साम्य भएको थियो ।

जनप्रतिनिधीहरुको खिचातानी र द्धन्द्धले गर्दा गएको १८ महिना देखि हरिपुर्वा नगरपालिका आन्सिक रुपमा मात्र चलेको थियो ।

करिब ७ महिना देखि तलबभत्ता नपाएपछि पालिकाका कर्मचारीहरु एकसाता देखि पेनडाउन गरेर धर्नामा बसेपछि आमजनताबाट जनप्रतिनिधीहरुको आलोचना सुरु भएदेखि आज फगुन ७ गते नगरसभा गर्ने सहमति भएको थियो । सहमति अनुसार आज पनि नगरसभा भईरहदा एकपक्षले नगरसभा हुनुपर्ने अडान लिएका थिए भने अर्को पक्षले नगरसभा हुन नदिने अडान राखी अवरोध स्वरुप पालिकामा प्रदर्शन गरेका थिए ।

यधपी सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितीका कारण कुनै पनि अप्रिय घटना हुन सकेनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरसभा हुन सकेका थिएन ।

सोही नगरमा घर भएका खानेपानी मन्त्री महेन्द्र राय यादव र नगरप्रमुख साहबीचको विवादले कुनै प्रमुख प्रशासकीय अधिकृत त्यहाँ टिक्न सकेका थिएनन् । यस पटक पनि सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवलाई रमाना नदिइ उनैबाट नगरसभा गराइएको हो ।

नगरसभा विथोल्न चार जना वडाध्यक्ष र उपमेयरले अवरोध गरेका थिए । नगरसभा गर्ने र हुन नदिने समूहबीच झडपको अवस्थासमेत आएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नगरसभा सम्पन्न भएको हो ।

नगरसभा गरेर विकासे योजना, कर्मचारीको तलव भत्ता र सामाजिक सुरक्षा भत्ता दिनुपर्ने स्थानीयहरुको दवावमा जनप्रतिनिधी आएपछि नगरसभा हतारमा सम्पन्न भएको छ । नगरसभा चलिराख्दा चारजना वडाध्यक्षले कुर्सी फ्यालेर विरोध जनाएका थिए । त्यसपछि उनीहरुका समर्थकले बाहिर नाराबाजी गरेपछि अवस्था तनाबग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: