Loktantra Khabar National Weekly
Ad

मनास्लु वर्ल्ड कलेजद्वारा ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

काठमाडौँ । चाबहिलमा अवस्थित मनास्लु वर्ल्ड कलेजले ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । मनास्लुले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रममा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

जसअनुसार कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी सम्मान २०८० पत्रकार जगदीश खरेललाई, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।

यस्तै विगतका वर्षहरुमा जस्तै मनास्लुले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरेको छ भने आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको हो ।

जसअनुसार मनास्लु कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधाहरु, मनाल्लु एकाडेमिक अचिभ्मेन्ट अवार्ड, मनास्लु लिडरसिप अवार्ड, आर्टफुल्लि क्रियटिभ अवार्ड लगायतका विधाहरुले सम्मान गरिएको थियो । कक्षा ११ को बोर्ड परीक्षाको नतिजाको आधारमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल संकायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै कक्षा १२को पनि बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसर पारेर मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत विद्यार्थीहरूलाई मनास्लु आइडल २०८०, मनास्लु डान्सिङ स्टार २०८० र मिस्टर एण्ड मिस मनास्लु २०८० लगायतका विभिन्न कार्यक्रमहरुको ग्राण्ड फिनालेको समेत आयोजना गरिएको थियो ।

यस्तै मनास्लु आइडल २०८०मा यसै कलेजमा अध्ययनरत विद्यार्थी अरुणलामाले टाईटल जितेको थिए जसमा निर्णायक भूमिकामा वरिष्ठ गायिका कुन्ति मोक्तान र सुवानी मोक्तान थिए । कोरियोग्राफर तथा निर्णायकद्धय महेश गोदार र गजित विष्टले गरेको निर्णायानुसार मनास्लु डान्सिङ स्टार २०८०को टाइटल सुष्मिता सुनारले पाएका थिए । मिस्टर एण्ड मिस मनास्लु २०८०मा भने मिस्टर मनास्लु २०८०को ताज दावा छिरिङ भोटे र मिस मनास्लुको ताज स्यारुन वाइबा तामाङले जितेका थिए ।

कार्यक्रमकै अवसर पारेर मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकमध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक शिक्षिका तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो ।  रातोपाटी संवाददाता

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस्: