Loktantra Khabar National Weekly
Ad

गुल्मीमा २ एग्रोभेट पसल सिल

लोकतन्त्र खबर
७ फाल्गुन २०८०

गुल्मी फागुन ७, गुल्मीमा नियमविपरीत संचालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट पसललाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

औषधि व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत पत्र लिन अनुरोध गरेको तर संचालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवाली बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेट सेन्टर सिल गरेको हो ।

रेसुंगा नगरपालिका-२ का वडाध्यक्ष हिराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितिमा एग्रोभेट सेन्टर सिल गरेको हो ।

एग्रोभेट सेन्टरबारे थप अनुसन्धानपछि निर्णय हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: