Loktantra Khabar National Weekly
Ad

बसको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

लोकतन्त्र खबर
६ फाल्गुन २०८०

कैलालीमा मोटरसाइल दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-८ का ३९ वर्षीय गोपी नेपाली छन्।

शनिबार साँझ कैलालीको गैरीगंगा नगरपालिका-९ शंकरपुरमा बसले उनी सवार से ३ प ९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ठक्कर दिने बसको नम्बर खुल्न सकेको छैन।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने बस खोजी भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: