Loktantra Khabar National Weekly
Ad

सडकबाट टिपर खस्दा चालकको मृत्यु

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

रामेछापमा सडकबाट टिपर खस्दा चालकको मृत्यु भएको छ।

मन्थली नगरपालिका-६ सेलेघाट सिल्लीबजारमा टिपर सडकबाट खसेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनकोसी मरिन डाइभर्सनको बा २ क ४५०७ नम्बरको टिपर काम गर्ने सिलसिलामा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो।

टिपर दुर्घटनामा पर्दा महोत्तरी बर्दिबास नगरपालिका-४ गौरीडाँडा बस्ने ५० वर्षीय जयबहादुर माझीको मृत्यु भएको हो।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: