Loktantra Khabar National Weekly
Ad

डिडिसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै दुर्व्यवहार

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जिब झामाथि दुर्व्यवहार भएको छ।

शुक्रबार बिहान १० बजे कार्यालय खुलेपछि केही व्यक्तिहरूले महाप्रबन्धक झामाथि उनकै कार्यकक्षमा पुगेर मोसो दलेर दुर्व्यवहार गरेका हुन्।

महाप्रबन्धक झामाथि दुर्व्यवहार गर्ने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ता रहेको बताइएको छ।

उनीहरूले महाप्रबन्धक दूध बेचेको १७ करोड रूपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोगजनमा खर्च गरेको, किसानको बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोग मितव्ययी नभएको,कर्मचारीको सरूवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको आरोप लगाएका छन्।

उनीहरूले महाप्रबन्धकमाथि दुर्व्यवहार गरिएको भिडिओ फेसबुकबाट सार्वजनिक समेत गरेका छन्।

यही समूहले माघ २९ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे बुझ्नै बाँकी रहेको जनाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: