Loktantra Khabar National Weekly
Ad

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

काठमाडौं फागुन ४ ,  सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरन्जीवी दाहालले जानकारी दिए ।

कुमर स १० प ३९०९ को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए । उनलाई दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए ।

बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो । उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।

अर्का मोटरसाइकल चालक हरि राउतको भने दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: