Loktantra Khabar National Weekly
Ad

मृत्यु भइसकेका मान्छेको पेन्सन झिकेको आरोपमा वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

काठमाडौं  फागुन ३, मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

प्रहरीका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका घर भएका उनले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैंले पेन्सन लिएको पाइएको छ ।

पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको र देखाएर पेन्सन भने आफैंले लिने गरेको प्रहरीको भनाइ छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: