Loktantra Khabar National Weekly
Ad

नाबालिकामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

सिराहामा १५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बुधबार दिउँसो २ बजे लहान नगरपालिका-१ स्थित डेरामा नाबालिकामाथि बलात्‍कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी उदयभान द्विवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा लहान नगरपालिका-१ का १८ वर्षीय निकेशकुमार यादव छन्।

प्रहरीका अनुसार बुधबार निकेशकुमारले १५ वर्षीया नाबालिकालाई स्थानीय अरूणकुमार यादवको डेरामा लगेका थिए।

त्यहाँ लगेर नाबालिकालाई फकाएर निकेशकुमारले बलात्कार गरेको आरोप छ। उक्त घटनापछि नाबालिका बिरामी परेकी थिइन्।

नाबालिका पीडित घर गएपछि घटनाबारे परिवारले थाहा पाएको थियो। मध्यराति पीडितका आफन्तहरूले इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराएका थिए।

खबर प्राप्त भएपछि प्रहरीले निकेशकुमारलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो।

आफन्तले बिरामी बालिकालाई प्रादेशिक अस्पताल लहानमा लगेर सामान्य उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगेर उपचार भइरहेको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: