Loktantra Khabar National Weekly
Ad

सदरमुकाम मलंगवा लगायत सर्लाही जिल्लाभरीका शिक्षालयहरुले विविध कार्यक्रम गरि भब्यताका साथ सरस्वती पूजा मनाए/आज मुर्ति विसर्जन

लोकतन्त्र खबर
३ फाल्गुन २०८०

मनोज यादव—-
सर्लाही,फाल्गुन २

सर्लाही लगायत मधेस प्रदेशको विभिन्न जिल्लाहरुमा रहेका शिक्षालयहरुमा सरस्वती पूजा भव्य रुपमा मनाइएको छ । कतिपय स्थानमा सरस्वती पूजाकै अवसर पारेर सांस्कृतिक कार्यक्रम समेत भएको छ ।

यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा रहेका सरकारी तथा निजी संस्थागत विद्यालय,कोचिङ्ग सेन्टर,तालिम केन्द्र लगायत दर्जनौं शिक्षण संस्थाहरुमा देवी सरस्वतीको पूजाआजासहित विशेष कार्यक्रम गरिएको छ । विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु विद्यालय परिसरमा भव्य रुपमा सजाइएको सरस्वतीको प्रतिमामा काँपी,कलम ,फुल प्रसाद चढाएर सामुहिक रुपमा बन्दना गरि पुजा गरेका छन् ।

पुजा र प्रसाद ग्रहण गर्ने कार्यक्रम पश्चात् मलंगवाका केही विद्यालयहरुले साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणको साथसाथै विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनी गरेका थिए।

आजैका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। सोही विश्वासलाई कायम राख्दै अभिभावकले आफ्ना स-साना छोराछोरीलाई अक्षराम्भ गराएका छन् । विद्यालयले पनि आजको दिनलाई विशेष अवसरको रुपमा लिंदै आएकोले सदरमुकाम मलंगवासहित जिल्लाभरीका निजी विद्यालयले पिजी, नर्सरी, एलकेजी र यू केजीका बालबालिकालाई निशुल्क भर्ना लिएका छन् ।

पछिल्लो समय सरस्वती पुजाको आडमा बढ्दै गएको सामाजिक विकृति र गलत फैसनलाई ध्यानमा राखेर यसपटकदेखि मलंगवा नगरपालिकाले पालिका क्षेत्र भित्र संचालित सबैखाले शिक्षण संस्थामा अध्यनरत विद्यार्थीहरुलाई पुजाको दिन सम्बन्धित शिक्षण संस्थाको पोसाक लगाएर मात्र पुजामा सहभागी हुन भनि सूचना जारी गरेकोले छात्रछात्राहरु विद्यालय पोसाकमै पुजामा सहभागी भएका थिए।

बिहानैदेखि विभिन्न स्थानमा रहेका सरस्वतीको मन्दिरमा पुजा गर्न खासगरी विद्यार्थीहरुको घुइँचो लागेको थियो।
आज(बिहीबार)साँझ ५ बजे विधिवत रुपमा देवी सरस्वतीको मुर्ति विसर्जन हुब गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्: