Loktantra Khabar National Weekly
Ad

बलात्कार आरोपमा ललितपुरमा एक जना पक्राउ

लोकतन्त्र खबर
२ फाल्गुन २०८०

युवती बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। उनकाअनुसार गोपाल गजमेर पक्राउ परेका हुन्।

‘एक युवतीले उहाँविरूद्ध माघ २९ गते जाहेरी दिनुभएको थियो, त्यसपछि हामीले पक्राउ गरेका हौं,’ एसपी कार्कीले भने।

पीडितले घटना माघ २८ गते भएको जाहेरीमा उल्लेख गरेकी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।  जिल्ला अदालत ललितपुरबाट पाँच दिन हिरासतमा राख्न अनुमति पनि लिएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: