Loktantra Khabar National Weekly
Ad

स्रोत नखुलेको सुन, चाँदीसहित पोखरामा एक जना पक्राउ

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

पोखरा  फागुन १, पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुन, चाँदीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले स्रोत नखुलेको सुन र चाँदीसहित एकजना पक्राउ परेको पुष्टि गरे ।

‘कति मात्रामा भन्ने अझै खुलेको छैन । केहीबेरमा हामी जानकारी दिन्छौं’, उनले भने ।

पक्राउ परेका भौमिकले पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका छन् । उनलाई भैरवटोलबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार अहिले बरामद गरिएको सुन तथा चाँदी, सुनचाँदी व्यवसायी संघको सहयोगमा नापजाँच गर्ने काम चलिरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: