Loktantra Khabar National Weekly
Ad

११ वर्षीया बालिकामाथि आफन्तबाटै पटक-पटक बलात्कार

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक-पटक  बलात्कार भएको खुलेको छ।

माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकी बालिकामाथि पटक-पटक बलात्कार भएको पाइएको हो।

उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए।

सोही क्रममा अनुसन्धान गर्दा बालिकामाथि पटक-पटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए।

‘अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि पटक-पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ डिएसपी  कार्कीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक-पटक बलात्कार गर्दै आएको पाइएको छ।

प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिनाअघि  बलात्कार गरेको बालिकाले बताएकी छन्। स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ।

बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

बालिकाको काका भने रोजगारीको लागि भारत पुगेका पाइएको छ। उनी बलात्कार मुद्दामा बच्नका लागि भारत गएको हुनसक्ने प्रहरीको अनुमान छ।

बालिकाको बा-आमा रोजगारीका लागि भारतमा छन्। बालिका हजुरबुबा-आमाको साथमा बस्दै आएकी थिइन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: