Loktantra Khabar National Weekly
Ad

६ महिनामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

६ महिनामा मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्मको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ परेका हुन्।

पक्राउ परेकामा ६७ जना पुरूष र २२ जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठले जानकारी दिए।

सोही अवधिमा ७९ मुद्दा दर्ता भइसकेको छ।

उनका अनुसार ६ महिनाको अवधिमा १ सय ४९ जनालाई मानव बेचबिखनको आरोप लागेको थियो। देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ। त्यसमा १ सय ५० महिला, २६ पुरूष र ६० बालिका छन्।

‘वैदेशिक रोजगारको लागि जाने महिलासमेत बेचबिखनमा पर्ने गरेका छन्,’ उनले भने।

नेपालबाट भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेको एसएसपी श्रेष्ठ बताए।

२०७५ सालमा स्थापना भएको ब्युरोले हालसम्म जम्मा १ हजार ११८ जना पक्राउ परेका छन् । तीमध्ये ७ सय ८३ जना पुरूष र ३ सय ३५ जना महिला छन्। सो अवधिमा १ हजार ९ सय १९ जनालाई आरोप लागेको ब्युरोको तथ्यांक छ।

सोही अवधिमा ८ सय ९२ मुद्दा दर्ता भएका छन्।

‘देशभित्र आन्तरिक रूपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीय रूपमा हुने त्यस्ता घटनाहरूको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याउने गरेका छौं,’ उनले भने।

हाल एसएसपी श्रेष्ठको ब्युरोबाट सरूवा भइसकेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: