Loktantra Khabar National Weekly
Ad

न्यायाधीश निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालत बन्द

लोकतन्त्र खबर
१७ माघ २०८०

धनगढी  माघ १७, न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु आज बन्द भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मंगलबार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बुधबार (माघ १७ गते) शोक बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: