Loktantra Khabar National Weekly
Ad

गोरखापत्रका उपसम्पादक शेषकान्त पण्डितको निधन

लोकतन्त्र खबर
१७ माघ २०८०

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ।

४७ वर्षीय पण्डितको उपचारका क्रममा आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।

उनी क्यान्सरपीडित थिए। पारिवारिक स्रोतका अनुसार बिहान ३ बजे उनको निधन भएको हो।

तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनका अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: