अर्जुन कुमाल र गुलशन झा पनि नेपालका प्रमुख हतियार हुन् । अर्जुनले पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । गुलशन भने तीनै खेलमा सस्तैमा आउट भएका छन् । सिनियर टोलीबाट खेलिसकेका गुलशनलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।
नेपालका तीव्र गतिका बलर दुर्गेश गुप्ता घाइते छन् । तिलक भण्डारीको हातमा टाँका लगाइएको थियो । तिलक खेल्न नसकेको अवस्थामा नेपालले दीपक बोहरालाई मौका दिने सम्भावना रहन्छ । नेपालले विशाल विक्रम केसीलाई आज आकाश त्रिपाठीको स्थानमा मौका दिनसक्छ । आकाश र गुलशनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नुपर्ने हुन्छ ।
स्पिनर सुवास भण्डारीले बलिङसँगै तीनै खेलमा अन्त्यमा राम्रो ब्याटिङ पनि गरेका छन् । शीर्षक्रमका ब्याटर अर्जुन, विपिन रावल र आकाश त्रिपाठीले राम्रो सुरुवात दिन आवश्यक छ । भारतविरुद्ध ५ विकेट लिएका बंगलोदशका तीव्र गतिका बलर मरुफ मृधाको बलमा भने नेपाल सम्हाल्लिनु पर्ने हुन्छ ।
अरिफुल इस्लाम बंगलादेशका प्रमुख ब्याटर हुन् । अमेरिकाविरुद्ध यस विश्वकपमा शतकीय इनिङ खेलेका थिए । गत डिसेम्बरमा भारतलाई एसिया कपमा हराउन उनले ९४ रनको इनिङ खेलेका थिए । उनलाई समयमै आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ ।
नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू १९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अनलाइन खबर

