लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ ५ । सर्लाहीको काैडेना गाउँपालिकामा एक दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ ।
माघ ८ गते सोमबारका दिन मित्रराष्ट्र भारतको उत्तरप्रदेश राज्य अन्तर्गत आयोध्यामा नव निर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर सोही दिन काैडेना गाउँपालिकाले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघ ८ गते सोमबार गाउँपालिका क्षेत्र भित्र कुनै पनि पशुपंछी ,जिवजन्तु आदीको बध तथा माछा,मासु, मदिरा लगायतको बिक्री वितरणमा रोक लगाएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही समेत गरिने गापा, अध्यक्ष रूपेश कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्:

