Loktantra Khabar National Weekly
Ad

कलैया उपमहानगरका मेयर साहलाई धम्की दिएको आरोपमा एक पक्राउ

लोकतन्त्र खबर
४ माघ २०८०

बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साहलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।

मेयर साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनका ३६ वर्षीय भोला गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार अज्ञान व्यक्तिले धम्की दिएको भन्दै मेयर साहले निवेदन दिएपछि धम्की दिने व्यक्तिको खोजी गरिएको थियो।

बुधबार पक्राउ परेका गिरीमाथि अनुसन्धान भइरहेको उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: