Loktantra Khabar National Weekly
Ad

भक्तपुरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी गोसाई

लोकतन्त्र खबर
४ माघ २०८०

सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: