Loktantra Khabar National Weekly
Ad

निजी विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

लोकतन्त्र खबर
२ माघ २०८०

झापामा रहेको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्।

सोमबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्‍गणमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

उनकाअनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन्। स्कुलमा खेलकुद दिवसका अवसरमा कार्यक्रम थियो। त्यसका लागि बेलुन फुलाउन एउटा हाइड्रोजन ग्‍यास सिलिण्डर ल्याइएको थियो।

बेलुन फुलाउने क्रममा एक्कासी सिलिण्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताए। सिलिण्डर पड्किएर डेकुरेसन सिलगुढी संस्थाबाट खटिएका भारतीय नागरिक ५४ वर्षीय गणेश सहनी गम्भीर घाइते छन्। उनको दाहिने खुट्टाको भाग चुडिएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पताल लगिएको छ।

सिलिण्डर पड्कँदाको ठूलो आवाजले गर्दा कक्षा ९ मा पढ्ने बिर्तामोड-७ की १५ वर्षीय कुसुम तामाङको कानमा समस्या आएको छ। उनको उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ। उनको अवस्था सामान्य छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: