Loktantra Khabar National Weekly
Ad

न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाह प्रयास

लोकतन्त्र खबर
२९ पुष २०८०

न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन्।

उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: