Loktantra Khabar National Weekly
Ad

आज र भोलि मुग्लिन-नारायणगढ सडक चौबिसै घन्टा खुल्ने

लोकतन्त्र खबर
२९ पुष २०८०

माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ।

मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए।

मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ। उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।

यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ।

पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: