Loktantra Khabar National Weekly
Ad

किलोमा १० रूपैयाँले सस्तियो तरूल, आज कति छ अरू तरकारीको भाउ?

लोकतन्त्र खबर
२९ पुष २०८०

तरूलको भाउ किलोमा १० रूपैयाँ घटेको छ।

माघेसंक्रान्तिको सम्मुखमा तरूलको माग उच्च हुने भएपनि भाउ घटेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरूलको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकेको छ।

हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो। आज सखरखण्ड पनि ६० देखि ७० रूपैयाँ प्रतिकिलो भाउ तोकिएको छ। सखरखण्ड पनि हिजो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो।

आज अरू तरकारी तथा फलफूलको भाउ सामान्यतया स्थिर नै छ।

गोलभेँडा नेपाली भन्दा भारतीय १० रूपैयाँ महँगो छ। नेपाली ठूलो गोलभेँडा ४० देखि ५० रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिँदा भारतीय ठूलो गोलभेँडाको  भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो  छ।

आज मूला र सानो गोलभेँडा एक किलोको मूल्य १५ रूपैयाँभन्दा कम छ। सानो लोकल गोलभेँडा, रातो र सेतो मूलाको भाउ १० देखि १५ रूपैयाँ प्रतिकिलो छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: