Loktantra Khabar National Weekly
Ad

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकतन्त्र खबर
२७ पुष २०८०

चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले  बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए।

चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: