Loktantra Khabar National Weekly
Ad

खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

लोकतन्त्र खबर
२७ पुष २०८०

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती  गंगा लिम्बूको निधन भएको छ।

५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए।

श्रीमतीको निधन भएपछि मन्त्री लिम्बू मोरङस्थित घर आउँदैछन्। उनीहरुको एक छोरा र एक छोरी छन्।

गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए।

केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: