मृगको मासुसहित बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ छोदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी पक्राउ परेका छन्।
उनको साथबाट तीन किलो दुई सय ग्राम मृगको मासु बरामद भएको प्रहरीको भनाइ छ।
मृगको टाउको, खुट्टा र मासुसहित कोरीलाई घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता तुल्सीराम अर्यालले बताए।
प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले कोरीलाई बुधबार अपराह्न ३ बजेतिर पक्राउ गरेको थियो।
कोरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाइने प्रहरीले जनाएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

