सो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मंगलबार नै प्रहरीले पक्राउ गरेको थियो । तर, पीडितले उजुरी नदिंदा उनलाई त्यसदिन साँझ जमानतमा छाडिएको थियो । पीडितले जाहेरी दिएपछि बुधबार पुनः उनलाई पक्राउ गरेको डिएसपी बस्नेतले बताए ।
आज जिल्ला अदालत सिराहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ ।
तीन लाख रुपैयाँ ऋण लिँदा कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पजियराले संजयको एक विघा एक कट्ठा जग्गा र डेढधुरमा रहेको घरघडेरी अदालतबाट डाकलिलाम गरी हत्याइसकेका छन् । त्यसमध्येका घरघडेरी र १० कठ्ठा जग्गा सिंहले आफू कब्जा गर्न सक्ने भन्दै सुरेशबाट सस्तोमा किनेका छन् ।
एक वर्षदेखि सिंहले पीडित संजयको घर कब्जा गरेपछि उनीसहित उनको परिवार विस्थापित भएका छन् ।
गत सोमबार त्यस घरमा पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो ।
पीडित संजयले मिटरब्याजी सुरेश पजियारका भाइ दिनेश पजियार र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी गत वैशाखमै दर्ता गराएका थिए । अनलाइन खबर

