Loktantra Khabar National Weekly
Ad

बम्जनका अनुयायीलाई सीआईबी कार्यालय नजिकबाट प्रहरीले हटायो

लोकतन्त्र खबर
२५ पुष २०८०

काठमाडौं  पुस २५, अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा रहेकाले प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।

बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ ।

बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली पनि परिचालित छ । प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजनका अनुयायीहरुलाई सीआईबी कार्यालय आसपासबाट हटाइएको बताए ।

उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: