Loktantra Khabar National Weekly
Ad

साधारण दर्तावाला इन्जिनियर परीक्षाका लागि आवेदन आह्वान

लोकतन्त्र खबर
२५ पुष २०८०

काठमाडौँ ।  नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन आव्हान गरिएको छ ।

परीक्षा शुल्क रु दुई हजार पाँच सयसहित आगामी पुस २९ गतेदेखि फागुन ६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

परीक्षाको मिति तथा अन्य जानकारीको लागि परिषद्‌को वेबसाइट मार्फत जानकारी लिन सकिने इन्जिनियरिङ परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: