Loktantra Khabar National Weekly
Ad

पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना

लोकतन्त्र खबर
२५ पुष २०८०

काठमाडौं पुस २५ , पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: