Loktantra Khabar National Weekly
Ad

माइतीघरबाट डा. केसी पक्राउ

लोकतन्त्र खबर
२४ पुष २०८०

काठमाडौं  पुस २४, चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: