काठमाडौं पुस २४ , जर्मनीका फुटबल लेजेण्ड फ्रान्स बेकनबरको ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनको परिवारले जर्मन न्युज एजेन्सी डीपीएमार्फत स्टेटमेन्ट जारी गर्दै बेनबाउरको निधन भएको र त्यसबाट आफूहरु दु:खी भएको जनाएको छ ।
विश्व फुटबलकै उत्कृष्ट मध्येका एक बेकनबरले जर्मनीबाट दुईपटक विश्वकप जितेका थिए । उनले सन् १९७४ मा आफ्नो कप्तानीमा पश्चिम जर्मनीबाट विश्वकप उपाधि जितेका थिए । यस्तै १९९० मा प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।
उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्:

