त्यस्तै उनका यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका लगायत छन् ।
उनका बाल साहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैबाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत संग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा संग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चिं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवी (जीवनी, २०५५), के कसरी बन्छ ? (हास्यकथानक भोजन गाथा, २०५७), हाम्रो सम्पदा (चिनारी, २०५८), जादूको बादल (बालकथा, २०५९), बलभन्दा बुध्दि ठूलो (बालकथा, २०६०) लगायतका कृति छन् । मलाई एउटा कथा भनिदिनोस् न (२०५५) उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको कृति हो ।
उनले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेखेका थिए ।
चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कार समेत प्राप्त गरेका थिए । उनले मैनाली कथा पुरस्कार (२०४३), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०५४), बाल पुस्तक पुरस्कार (२०४७), रत्न बाल पुरस्कार (२०५७), नूर गङ्गा बाल साहित्य पुरस्कार (२०६९) प्राप्त गरेका थिए ।
सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।
पछिल्लो समय उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।अनलाइन खबर

