Loktantra Khabar National Weekly
Ad

१.८० प्रतिशत बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण

लोकतन्त्र खबर
२३ पुष २०८०

काठमाडौं  पुस २३, सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १.८० प्रतिशत अर्थात् ३६.५७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५९ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब २४ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ६७ करोडमा खुम्चिएको छ ।

कुल २१२ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ५ को स्थिर रहयो । सोमबार जीवन बीमा समूहमा बढी आकर्षण देखिएको छ । सो समूह यस दिन ३.७२ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंकिङ ०.५९, विकास बैंक २.२८, फाइनान्स २.५६, होटल तथा पर्यटन १.६०, जलविद्युत् २.८१, लगानी २.६१, उत्पादन ०.५६, माइक्रोफाइनान्स १.१७, निर्जीवन बीमा १.४२, अनय २.५७ र ब्यापार समूह १.०१ प्रतिशत बढेको छ ।

समग्र बजार बढ्दा पनि नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । माउन्टेन इनर्जीको २.९६ तथा चन्द्रागिरि हिल्सको मूल्य २.८७ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, माउन्टेन इनर्जी, हाथवे इन्भेस्टमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र निफ्रा क्रमशः अगाडि रहे ।

धेरै मूल्य बढेका कम्पनी :
सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ पावर, कालिका पावरको मूल्य १० प्रतिशत बढ्यो । तमोर हाइड्रोपावर, स्वाभिमान लघुवित्त, इनिफिनिटी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

हिमालयन रिइन्स्योरेन्सको कारोबार सुरु :
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार सुरु भएको छ । एचआरएल कोड नामबाट कम्पनीको कारोबार खुलेको हो । प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो । सो कारोबारपछि कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सोमबार कम्पनीको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुगेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: