लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २३
बरहथवा नगरपालिका वडा न-६ का जयशंकर साहको निधनमा सर्लाहीको बरहथवा नगरपालिकाले आज शोक बिदा दिएको छ ।
नगरप्रमुख प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी सूचनामा साहको निधनमा नगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको उल्लेख छ।
साहको गत शुक्रवार बरहथवामा अस्पताल स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्:

