Loktantra Khabar National Weekly
Ad

इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका कुँवरलाई प्रहरीले मकाउबाट पक्राउ गरेर ल्यायो

लोकतन्त्र खबर
२२ पुष २०८०

काठमाडौं  पुस २२, अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् ।

इन्टरपोल मकाउको सहयोगमा त्यहाँबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । उनले विभिन्न व्यक्तिहरुलाई मकाउ लैजान्छु भनेर ठगी गरेको आरोप छ ।

११ जनाले दिएको् जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार रहँदै आएका थिए । कँुवरलाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: