Loktantra Khabar National Weekly
Ad

बरहथवामा कर्फ्युका बिच प्रदर्शन इप्रकामा आगो लगाइयो प्रहरीहरुको भागाभाग

लोकतन्त्र खबर
२२ पुष २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही ,पुस २२

बरहथवामा प्रदर्शनकारीद्वारा इलाका प्रहरी कार्यालय परिसर भित्र रहेको खरको छानो भएको घरमा आगजनी गरेका छन् ।

आइतबार (आज) प्रदर्शनकारीले टायरमा आगो लगाएर इलाका प्रहरी कार्यालय परिसर भित्र रहेको फुसको घरमा फालेर आगजनी गरेको छ । आन्दोलनले उग्ररुप लिदा सबै प्रहरीहरु भित्र भागेपछी आगो लगाइएको हो ।

बरहथवामा अहिले कर्फ्यु लागेको भएपनि कर्फ्यु उलघनन गरेर प्रदर्सन भईरहेकाे छ, भने प्रहरीले दर्जन भन्दा बढी हवाइ फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: