Loktantra Khabar National Weekly
Ad

२०२२ अंकमा झर्‍यो सेयर बजार, सबै समूह घट्दा हाइड्रोपावर बढ्यो

लोकतन्त्र खबर
२२ पुष २०८०

आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २६.३६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२.९ अंकमा कायम भएको छ ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब २४ करोडमा खुम्चिएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । खासगरी मुलुकको विद्युत् निर्यातका लागि भारतसँग भएको सहमतिले हाइड्रोपावर समूहमा सकारात्मक माहोल सृजना भएको छ । हाइड्रोपावर समूह १.०३ प्रतिशत बढ्यो । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्त र सिंगटी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो मैलुङखोला जलविद्युत्, विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो ।

नेपाल रिपब्लिक मिडियाको ६.४, शुभम पावरको ६.३, चिरख्वा हाइड्रोपावरको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, माउन्टेन इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर, सिनर्जी पावर क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: