Loktantra Khabar National Weekly
Ad

फेसबुकको नयाँ फिचरले तरंग, प्रयोगकर्ताले हेर्ने वेबसाइटको निगरानी गर्ने

लोकतन्त्र खबर
२२ पुष २०८०

फेसबुकले हालै आफ्नो सोसल मिडिया प्लाटर्फममा Link History नामक नयाँ फिचर थप गरेको छ ।

फेसबुक एपभित्रबाट क्लिक गरिएका कुनै पनि लिंकको डेटा यो फिचरले एउटा विशेष ठाउँमा जम्मा गर्दछ । उसो त प्रयोगकर्ताले यो फिचरलाई बन्द पनि गर्न सक्दछन् । तर फेसबुक एपको डिफल्ट रुपमा लिंक हिस्ट्री फिचर खुल्ला रहेको हुन्छ ।

फेसबुकले प्रयोगकर्तालाई लक्षित विज्ञापन देखाउनका लागि यो फिचरको प्रयोग गर्दछ । विश्वमा प्रविधिमाथिको नियमन कँसिलो बनिरहेको र एप्पल तथा गुगल जस्ता कम्पनीहरुले प्रयोगकर्ताको गोपनियतालाई मजबूत बनाइरहेको बेला मेटाले भने प्रयोगकर्ताका डेटा जम्मा गर्नका लागि नयाँ नयाँ तरिकाहरु खोजी गरिरहेको छ । र, लिंक हिस्ट्री फिचर यहीँमध्ये एक हो ।

मेटाको यो फिचरमा खास के छ ?

कम्पनीले यसलाई एउटा उपयोगी टूलको रुपमा प्रवर्द्धन गरिरहेको छ । तर यसको वास्तविक कथा भने निकै फरक छ । कम्पनीले यसलाई यस्तो टूल भएको दाबी गरिरहेको छ, जसबाट आफ्नो फेसबुकको ब्राउजिङ गतिविधि प्रयोगकर्ताले एक ठाउँमा सुरक्षित रुपमा पाउँछन् ।

मेटाका अनुसार यो नयाँ फिचरका कारण प्रयोगकर्ताले कहिल्यैपनि एउटा लिंकलाई दोस्रोपटक मिस गर्ने छैनन् ।

फेसबुकले यो जानकारी एउटा पपअप मेसेजमा दिएको छ र मानिसहरुलाई यो फिचरको प्रयोग गर्नका लागि उक्साइरहेको छ ।

यद्यपि कम्पनीले आफ्नो पपअप मेसेजमा भनेको छः जब तपाईंले लिंक हिस्ट्रीलाई अनुमति दिनुहुन्छ तब हामी तपाईंका जानकारीहरुलाई विभिन्न मेटा टेक्नोलोजीमा विज्ञापनलाई अझ राम्रो बनाउनका लागि प्रयोग गर्न सकिनेछ ।

मेटाका अनुसार यो फिचरलाई अफ गरेसँगै सो प्रयोगकर्ताको लिंक हिस्ट्री ९० दिनमा डिलिट हुनेछ ।

फेसबुकको हेल्प पेजका अनुसार लिंक हिस्ट्री फिचर अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन र यसलाई विस्तारै विश्व्यापी रुपमा लञ्च गरिनेछ ।

मेटालाई सधैंजसो प्रयोगकर्ताका डाटा ट्रयाक गर्ने गरेको आरोप लाग्दछ । केही समय अघिसम्म एप्पल र मेटाले एक अर्काको विरुद्धमा पोस्ट गर्ने गरेका थिए, जसको वास्तविक मुद्दा गोपनीयता नीति थियो । यद्यपि फेसबुक प्रयोगकर्ताका लागि यो पहिलो अवसर हुनेछ जब प्रयोगकर्ताले केही हदसम्म आफ्नो गोपनीयतामाथि नियन्त्रण गर्ने विकल्प प्राप्त गर्नेछन् ।

यसका अलावा मेटाले विभिन्न तरिकाले प्रयोगकर्ताका डेटाहरु जम्मा गर्ने गर्दछ । जब तपाईं फेसबुक वा इन्स्टाग्राममा कुनै लिंकमा क्लिक गर्नुहुन्छ, त्यसबाट एउटा विशेष ब्राउजर खुल्दछ, जुन मेटाको एपमा इनबिल्ट हुन्छ । यो प्रयोगकर्ताको नियमित ब्राउजरमा भने खुल्दैन । एजेन्सी/अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: