Loktantra Khabar National Weekly
Ad

८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

लोकतन्त्र खबर
२२ पुष २०८०

काठमाडौं  पुस २२, मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो ।

विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो क्यारेबियन टापुको टोलीले पनि प्रतियोगितामा खेल्न सक्षम भएको थियो । उनीहरुले बुधबार फ्रान्सको यात्रा सुरु गरेका थिए ।

जसले फ्रान्सको लिलाई राउण्ड अफ ६४ को खेल स्तब्ध पार्ने सोच राखेको थियो । तर तीन दिनपछि उल्टै १२ गोल बेहोर्‍यो । क्यारेबियन टापु मार्टिनिकको लिगको विजेताको रुपमा फ्रेन्च कप खेल्न गएको थियो ।

घरेलु टोली लिलका लागि क्यानडियन स्ट्राइकर जोनाथन डेविड र एडोन जेग्रभाले ह्याट्रिक गरे । यस्तै युसुफ याजिसी र हाकोन हाराल्डोसनले दुई-दुई  तथा थियागो सान्तोस र अमिने मेसोउस्साले समान एक गोल गरे ।

खेलमा लिले गोलका लागि ३७ सट प्रयास गरेको थियो गोल्डेन लायनले जम्मा एक सट हानेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: