Loktantra Khabar National Weekly
Ad

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

लोकतन्त्र खबर
२२ पुष २०८०

सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

फिक्कल गाउँपालिका-५ का ७४ वर्षीय मनबहादुर बुढाथोकीको शनिवार साँझ मृत्यु भएको हो।

घर नजिकै बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोज्ने क्रममा घरबाट एक सय मिटर अगाडि चप्पल भेटेका थिए। चप्पल भेटिएको ठाउँ नजिक बारीको काल्लामा ढिस्को झरेको देखेपछि खोतल्दा बुढाथोकीलाई मृत अवस्थामा फेला परेको हो।

बुढाथोकीको शव पोस्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको प्रवक्ता दाहालले जानकारी दिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: