Loktantra Khabar National Weekly
Ad

स्रोत नखुलेको ८ लाख भन्दा बढी रकमसहित भारतीय नागरिक पक्राउ

लोकतन्त्र खबर
२२ पुष २०८०

प्रहरीले भारत बिहार राज्यको मधुवनी नगर निगम वडा ३ का २५ वर्षीय संजयकुमार यादवलाई स्रोत नखुलेको भारतीय ५ लाख २९ हजार ९ सय ७० रुपैयाँसहित पक्राउ गरेको छ ।

उनलाई शनिबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको छ । बरामद गरिएको रुपैयाँ नेपाली मूल्य ८ लाख ४७ हजार ९ सय ५२ रुपैयाँ हुन आउँछ । सप्तरीको राजगढ गाउँपालिका २ स्थित झौरहा चोकमा भारतीय नम्बर बीआर ५०बी१५४२ नम्बरको मोटरसाइकलमा आएका यादवसँग स्रोत नखुलेको रकम भएको तथा अवैध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मोटरसाइकल र नगदसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्: