Loktantra Khabar National Weekly
Ad

एमाले : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस

लोकतन्त्र खबर
२० पुष २०८०

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक बाँके,तुलसी के सी बाँके र शारदा शर्मा कपिलवस्तुलाई सिफारिस गरेको हो ।

प्रदेश उपाध्यक्ष भोज  प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने रातोपाटीलाई बताए।  अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो ।

लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ । काँग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदीको समय अवधि सकिँदै छ । निर्वाचन अन्तर्गत पुस २३ गते  मनोनयनको तालिका सार्वजनिक गरेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: