Loktantra Khabar National Weekly
Ad

तीन जना सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना

लोकतन्त्र खबर
२० पुष २०८०

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

बिहीबार बेलुका पौने १० बजे कालिका नगरपालिका-९ शक्तिखोरमा बा.प्र. ०६-००४ प ४५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन्।

मोटरसाइकल चालक  कालिका नगरपालिका-९ का ३२ वर्षीय नगेन्द्र गिरीको अवस्था गम्भीर छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २४ वर्षीय निसान भारती र २६ वर्षीय विजय भण्डारी घाइते छन्। तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: