Loktantra Khabar National Weekly
Ad

घुससहित पक्राउ परेका सईविरूद्ध मुद्दा

लोकतन्त्र खबर
१९ पुष २०८०

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका एक जना प्रहरी नायब निरीक्षक(सई) विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बिहीबार अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा सई पवन साउदविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत रहँदा साउदले लागु औषधको मुद्दामा सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए।

उक्त घुससहित अख्तियारले मंसिर १२ गते उनलाई पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: